Logo

बागमती पेज

फाल्गुन २०, २०८० आईतबार

काठमाडौँमा भारी वर्षा: धेरै ठाउँमा वर्षा र हिमपात


काठमाडौँ । आईतबार दिउँसो काठमाडौँमा भारी वर्षा भएको छ । दिउँसो १२ ५० बजेदेखि काठमाडौँको बुढानीलकण्ठ, चक्रपथ चाबहिल, गोकर्णेश्वर लगायतका क्षेत्रमा भारी वर्षा भइरहेको हो ।

वर्षाका कारण सडकमा सवारी साधन चल्न सकेका छैनन् । सडकका केहि ठाउँमा डुबान भएका छन् । बाइक चलाउनेहरु रोकेर ओत लागेर बसेका छन् । भारी वर्षाका कारण खोलाहरुमा पानीको सतह बढेको छ ।

आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको थियो ।

दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू९भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू९भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।