Logo

बागमती पेज

फाल्गुन २०, २०८० आईतबार

युवा महासङ्घको अध्यक्षमा एसबी जेरो चयन


काठमाडौँ । नेपाल आदिवासी जनजाति युवा महासङ्घ ओखलढुङ्गाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति युवा महासङ्घको केन्द्रीय सदस्य सुवास तामाङको उपस्थितिमा जिल्लाको प्रथम अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट एसबी जेरोको अध्यक्षतामा १५ सदस्यीय नेपाल आदिवासी जनजाति युवा महासङ्घ ओखलढुङ्गाको कार्यसमिति चयन भएको छ । समितिमा उपाध्यक्ष सुवास गुरुङ र ङिमा शेर्पा, सचिवमा सृजना सुनुवार, सहसचिवमा खड्ग बहादुर तामाङ र हित राई साथै कोषाध्यक्षमा भीष्मलाल श्रेष्ठ चयन भएका छन् ।

समितिमा सदस्यहरू माइतीराज राई, फुर्वा तामाङ, आङदिकी शेर्पा, मनोज तामाङ, फुर्वा शेर्पा, सुनिल मगर, विवेक तामाङ र दिलकुमार तामाङ छनोट भएको केन्द्रीय सदस्य सुवास तामाङले बताए । क्षेत्र र स्थानीय तह अनुसार आगामी दिनमा अरू सदस्यहरूलाई समितिमा थप गरिने बताइएको छ ।

निर्वाचित समितिले आदिवासी जनजातिहरूको भाषा, संस्कार, संस्कृति, पहिचान संरक्षण र संवर्द्धन गर्नुका साथै हक अधिकार प्राप्तिका लागि काम गर्ने विश्वास रहेको केन्द्रीय सदस्य तामाङको भनाई छ ।

नवनिर्वाचित अध्यक्ष एसबी जेरोले संस्थाको नीति विधान र सिद्धान्त अनुसार सम्पूर्ण आदिवासी जनजातिहरूको हक अधिकार प्राप्ति र भाषा, संस्कार, संस्कृति रक्षाको निमित्त काम बताए । उनले आगामी दिनमा हाम्रो पहिचानको लागि संस्थाले आवश्यक काम गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।