Logo

बागमती पेज

फाल्गुन २१, २०८० सोमबार

भत्कियो सत्ता गठबन्धन: एमालेका प्रमुख सचेतक पदम गिरी मन्त्री बन्ने


काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । नेकपा एमालेबाट पदम गिरीलाई मन्त्री बनाउने पक्का भएको नेकपा एमालेका एक सचिवालय सदस्यले जनाएका हुन् ।

सत्ता गठबन्धन भत्किएसँगै सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।