Logo

बागमती पेज

फाल्गुन २७, २०८० आईतबार

सिन्धुलीमा क्रीकेट मोह


  • बरुण घिमिरे


सिन्धुली । “विकास अनुशासनको मुल आधार क्रीकेट” भन्ने नाराका साथ सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानमा दुधौली र भिमान बिच मैत्रीपुर्ण क्रीकेट प्रतियोगिता २०८० सम्पन्न भएको छ । मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा भिमान यूवा क्लब विजयी भएको छ ।

श्री जनजागृती मा.वि. भिमानको प्राँगणमा टीम दुधौलीसँग आज भएको मैत्रीपूर्ण खेलमा भिमान यूवा क्लबले ३ विकेटले जीत हासिल गरेको हो । निर्धारित २०/२० ओभरको खेलमा टीम दुधौलीले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । दुधौलीले १७ ओवर ५ वलमा जम्मा १०८ रन बनाएर अल आउट भएको थियो ।

१०९ रनको टार्गेट पाएको भिमान युवा क्लबले जम्मा १७ ओवर ४ बलमै आफ्नो टार्गेट मिट गर्दै विजयी वन्न सफल भयो । भिमानको जीतको लागि प्रशान्त कोइरालाले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । कोइरालाले ३१ रन खर्चेर २ विकेट लिए । भिमान युवा क्लवका कोइराला म्यान अफ द म्याच घोषित गरिएको छ ।

विजयी टीम तथा सहभागिहरुलाई प्रमुख अतिथी कमलामाई नगरपालिका वडा नम्वर ९ का वडा सदस्य दिनेश न्यौपानेले पुरस्कार तथा मायाको चिनो वितरण गरेका थिए ।