Logo

मेघनाथ पहाडी

फाल्गुन २९, २०८० मंगलबार

रत्ननगरलाई ‘उत्कृष्ट नगरपालिका २०८०’ सम्मान


काठमाडौँ । नेपाल नगरपालिका संघले चितवनको रत्ननगर नगरपालिकालाई उत्कृष्ट नगरपालिका २०८० पुरस्कार प्रदान गरेको छ ।

नेपाल नगरपालिका संघको ३१ औँ वार्षिक साधारण सभाको अवसरमा नगरप्रमुख प्रल्हाद सापकोटालाई संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रि भानुभक्त जोशीले सम्मान गरेका हुन् ।

आव.२०७९/८० मा वन वातावरण जलवायुपरिवर्तन र उत्थानशीलता क्षेत्रमा उलेख्य कार्य सम्पादन गरेकोले उत्कृष्ट नगरपालिका पुरस्कार २०८० प्रदान गरिएको हो ।

नगरप्रमुख सापकोटाले यो सम्मानले अन्य क्षेत्रमा समेत ध्यान दिएर काम गर्न थप हौसला प्रदान गरेको बताए । उनले आगामी दिनमा नगरले थप राम्रा कार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत जनाएका थिए ।