Logo

बागमती पेज

चैत्र २, २०८० शुक्रबार

पल र समीक्षाले लिए अवार्ड


काठमाडौँ । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीले एउटै कार्यक्रममा अवार्ड लिएका हुन्। बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा बाँडिएको १४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड थापेका हुन् ।

कार्यक्रममा गायिका समीक्षा अधिकारीले ‘नबोली नबोली’ बोलको गीतबाट स्टेजमा तताएकी थिइन् । उक्त अवसरमा उनले ‘पोखरा बगरमा’ बोलको गीतबाट लोक दोहोरी गायिका अवार्ड थापिन् ।

पलले भने विभिन्न गीतमा स्टेजमा नृत्य देखाएका थिए । उनले ‘तिमी र म जामजाम’ बोलको गीतबाट बेष्ट पपुलर अवार्ड म्युजिक भिडियो मोडल प्राप्त गरे ।

पल र समीक्षा एउटै कार्यक्रममा उपस्थित भएपनि एक अर्कोसँग भेटघाट र बोलचाल भने भएन् ।

कार्यक्रमको अन्त्यमा अवार्ड र सम्मान प्राप्त गर्नेको ग्रुप फोटो सेसन भएको थियो ।कार्यक्रममा थुप्रै कलाकर्मीले अवार्ड जितेका थिए ।