Logo

मेघनाथ पहाडी

चैत्र १६, २०८० शुक्रबार

भव्य बन्यो एमाले बुढानीलकण्ठ नगर अधिवेशन


काठमाडौँ । नेकपा एमाले बुढानीलकण्ठ दोस्रो अधिवेशनको उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्ययतामा बुनपा–१० कपन ह्यान्डबल मैदानमा उद्घाटन सत्र सम्पन्न भएको हो ।

चैत १७ गते शनिवार(भोली) बूढानिलकण्ठ ८ स्थित सुकुन्दा पार्टी प्यालेसमा हुने नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटीको अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । नगर कमिटीको दोस्रो अधिवेशनको नेतृत्व चयनको प्रयास भइरहेको छ । सकेसम्म सहमतिमै कमिटी गठन गर्ने नेतृत्वको तयारी छ ।

अध्यक्षमा ३ जनाको उम्मेदवारी दिने तयारी गरेका छन् । त्यसै गरी सचिव पदको लागि समेत ३ जानले आफ्नो दावे दारी प्रस्तुत गरेका छन् । विभिन्न पदका लागि नयाँ वा पुराना नेताहरूले आ–आफ्नो दावे दारी प्रस्तुत गरे सँगै नगर अधिवेशन रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपा एमाले बुढानीलकण्ठ दोस्रो अधिवेशनको उद्घाटन अघि बिहान १० बजेदेखि रक्तदान कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै रचनात्मक र मनोरञ्जनात्मक रूपमा दोस्रो नगर अधिवेशन उद्घाटन सम्पन्न भएको छ ।