Logo

मेघनाथ पहाडी

चैत्र १६, २०८० शुक्रबार

एमाले बुढानीलकण्ठ नगर अध्यक्षमा पुनः प्रदीप डङ्गोलको सम्भावना


काठमाडौँ । नेकपा एमाले बुढानीलकण्ठको नगर अधिवेशनको बन्द सत्र आज चैत १७ शनिवार गते हुँदै छ । बुढानीलकण्ठमा यति बेला अधिवेशनको चर्चा चुलिएको छ । को–कसको टिममा बसेर कसरी नेतृत्वमा पुग्ने तिर सबैको ध्यान केन्द्रित छ । भने दर्जनौँ नेता तथा कार्यकर्ताहरूले विभिन्न पदहरूमा आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् ।

हाल नेतृत्वमा रहेका नगर कमिटीका अध्यक्ष प्रदीप डङ्गोल पुनः अध्यक्षका सशक्त दाबेदार हुन् । धेरैले उनलाई पुनः अध्यक्षको रूपमा करिब निश्चित जस्तै मानेका छन् । धेरै पार्टी कार्यकर्ता र नेतासँग बुझ्दा समेत नेतृत्व दोहोरिने प्रस्ट बुझ्न सकिन्छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट काठमाडौँ जिल्लामा सबैभन्दा बढी जनप्रतिनिधि निर्वाचित गराउन सफल बनेका नेकपा एमाले बुढानीलकण्ठका अध्यक्ष प्रदीप डङ्गोल सङ्गठनमा पनि बागमती प्रदेश मै पहिलो बन्ने ऐतिहासिक अवसर पाए ।

काठमाडौँ जिल्लामा पहिलो वडा अधिवेशन सहित सबै वडामा अधिवेशन सम्पन्न गर्ने पहिलो पालिका बनेको बुढानीलकण्ठ नगर कमिटीको नेतृत्व गरेका डङ्गोलले बागमती प्रदेश कमिटी अन्तर्गतका ११९ तह मध्य अधिवेशन सम्पन्न गर्ने पहिलो पालिका बनाउने अवसर पाए ।

जिल्लामा अधिवेशन गर्ने पहिलो नगर कमिटी बन्न लागेको नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटीको अध्यक्ष रहेका उनले २०४९ साल जेठ २९ गतेबाट औपचारिक रूपमा सङ्गठित पार्टी जीवन सुरु गरेका थिए ।

वडा सक्रिय दल सदस्य, उपसचिव हुँदै वडा कमिटीको सचिव बनेका डङ्गोल २०५३ सालमा इलाका कमिटीको उपसचिव बनेका थिए । हाल बुढानीलकण्ठ नगरपालिकामा रहेका वरिष्ठ नेताहरूको नेतृत्वमा काम गरेका डङ्गोलले साबिक खड्का भद्रकाली गाउँ कमिटीको सचिवको जिम्मेवारी समेत बहन गरेका थिए ।

नेकपा कालिन समयमा नगर कमिटीको सचिव बनेका उनले बुढानीलकण्ठ नगर कमिटीमा अध्यक्षको जिम्मेवारी बहन गर्दै २०७९ सालमा नगर प्रमुख उपप्रमुख सहित सानदार बहुमत दिलाउँदै नेकपा एमालेलाई जिल्ला मै पहिलो नगरपालिका बनाउने अभियानको नेतृत्व गरेका थिए।

 नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटीको दोस्रो अधिवेशनमा पनि अध्यक्षको आकाङ्क्षी रहेका डङ्गोलले आगामी दिनमा सङ्गठनलाई प्राथमिकता दिँदै तिन तहको निर्वाचनमा विजयी बन्ने योजना सहित आफ्नो दाबी रहेको बताउँदै आएका छन् ।

वर्तमान अध्यक्ष प्रदीप डङ्गोल र सचिव श्रीकृष्ण श्रेष्ठले सुरुमा आगामी महाधिवेशन सर्वसम्मतिले निर्वाचन हुने बताउँदै आएका थिए  तर, प्रत्याशित सहमतिबाट बाहिरिने सङ्केत गर्दै डङ्गोल र श्रेष्ठ दुवैले परिदृश्यले अप्रत्याशित मोड लिएर अध्यक्ष पदका  लागि दाबी गरेका छन् ।

 गतिशीलतामा भएको यो आकस्मिक परिवर्तनले पार्टी भित्र धेरैलाई आश्चर्यचकित बनाएको छ । तीव्र प्रतिस्पर्धाका लागि वर्तमान सचिव श्रीकृष्ण श्रेष्ठले  अध्यक्ष  प्रदीप डङ्गोल साक्षी राखी आफू अध्यक्ष पदमा निर्वाचन लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हाल नगरको कुनै पनि नेतृत्वमा नरहेका धुर्व प्रसाद भट्टराईले आफ्नो टिम समेत चुनावी मैदानमा उत्रिएका छन् ।