Logo

बागमती पेज

चैत्र १७, २०८० शनिबार

एमाले बुढानीलकण्ठ अध्यक्षमा धुर्व भट्टराईको अडान


काठमाडौँ । नेकपा एमाले बुढानीलकण्ठ नगर दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । नगर अध्यक्षमा धुर्व भट्टराईले आफ्नो उम्मेदवारको अडान कायम राखेका छन् ।

एउटै क्षेत्रका स्वयं ब्यक्तिले पटक पटक नेतृत्व लिदा पार्टी चलाएमान नहुने उनको धारणा छ । क्षेत्र नम्बर ४ छोडेर सदैव क्षेत्र नम्बर ५ लाई नेतृत्व किन दिने ? नगर भित्र तुलनात्मक रुपमा ५ भन्दा ४ मा धेरै वडा, पार्टी सदस्य, र नेता कार्यकर्ता रहेका कारण पनि यो पटक ५ लाई अध्यक्ष दिन नहुने उनको धारणा छ ।

बुढानीलकण्ठमा यति बेला अधिवेशनको चर्चा चुलिएको छ । को–कसको टिममा बसेर कसरी नेतृत्वमा पुग्ने भन्ने तिर सबैको ध्यान केन्द्रित छ । दर्जनौँ नेता तथा कार्यकर्ताले विभिन्न पदमा आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् ।

हाल नेतृत्वमा रहेका नगर कमिटीका अध्यक्ष प्रदीप डङ्गोल पुनः अध्यक्षका सशक्त दाबेदार हुन् ।

त्यसैगरी नगर उपाध्यक्ष रहेका श्रीकृष्ण श्रेष्ठपनि चुनावी मैदानमा विशेष तयारी गर्दै उत्रिएका छन् । पार्टीका नेता कार्यकर्ताको सल्लाह अनुसार आफुले अध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठले बताए ।

अध्यक्ष पदका लागी डङ्गोल, श्रेष्ठ र भट्टराई तीनैजना तिब्र तयारीमा जुटेका छन् । नयाँ गुट बनाउदै प्यानलनै घोषणा गर्दै तयारी गरेपछि बन्दसत्रको महोल एकाएक तरङ्गित बनेको छ ।

आज शनिवार बूढानिलकण्ठ ८ स्थित सुकुन्दा पार्टी प्यालेसमा बन्दसत्रको कार्यक्रम भइरहेको छ । आज नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटी अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सकेसम्म सहमतिमै कमिटी गठन गर्ने नेतृत्वको तयारी रहेको बुझिएको छ ।

हिजो उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको थियो । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्ययतामा बुनपा–१० कपन ह्यान्डबल मैदानमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।