Logo

बागमती पेज

चैत्र २३, २०८० शुक्रबार

उपत्यकामा पहिलो बुढानीलकण्ठ ‘सडक आश्रित मानव’ मुक्त नगर घोषणा


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका सडकपेटी र सार्वजनिक स्थलहरूमा अब कोही रहने छैनन् । अभिभावक विहीन ‘जसको कोही छैन, जसको केही छैन, उसको अभिभावक सरकार छ’ भन्ने नारा सहित २०८० चैत्र २२ गते काठमाडौं उपत्यकामै पहिलो र एकमात्र ऐतिहासिक ‘सहयोगापेक्षी सडक आश्रित मानव मुक्त बुढानीलकण्ठ नगरपालिका‘ घोषणा गरिएको छ ।

घोषणा गर्नु अघि मानवसेवा आश्रमको सहकार्यमा २ दिन लक्षित स्थान तोकी बुढानीलकण्ठमा रहेका सडक आश्रित मानवहरुको उद्धार कार्य सञ्चालन गरिएको थियो । नगरपालिकाद्वारा उद्धार गरिएका व्यक्तिहरू तथा आश्रममा आश्रय लिइरहनु सम्पूर्णका लागि ७ लाखको खाद्यान्न समेत नगरले प्रदान गरेको छ।

नगरपालिकाको तर्फबाट हस्तान्तरण गरिएको उक्त रकम प्रदान गरेसँगै यस कार्यलाई निरन्तर रूपमा सहयोग नगरपालिकाको रहने प्रतिबद्धता नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बताए ।

नगरपालिकाका उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, कर्मचारीहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, बुढानीलकण्ठ नगर प्रहरी, प्रहरी प्रभाग बुढानीलकण्ठ सहितको उपस्थितिमा बुढानीलकण्ठ मन्दिरबाट शुरुवात गरिएको सडकमा बेसाहारा रुपमा रहेका व्यक्तिहरुको पहिचान गरि उद्धार गरिएको उपप्रमुख अनिता लामाले जानकारी दिएकी छन् ।

बुढानीलकण्ठ मन्दिरबाट शुरु गरिएको यस कार्यलाई सम्पूर्ण वडाहरुबाट १२ जनाजसमध्ये २ जनालाई आफ्नो परिवारको जिम्मा लगाई पठाइएको छ ।

घोषणा कार्यक्रममा मानव सेवा आश्रमका संरक्षक एवं मानव अधिकार अभियानता राधिका शाक्य, नगर प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी तथा मानव सेवा आश्रमका प्रतिनिधि अभियानता लगायत नगर कर्मचारी र मानव अधिकार अभियानताहरुको उपस्थिति रहेको थियो ।