Logo

बागमती पेज

चैत्र २५, २०८० आईतबार

बाटो हिड्दै गरेका भिक्षुमाथी प्रहरीले लात्ती प्रहार गरेपछि…


काठमाडौँ । पछिल्लो समय प्रहरीको दमन निकै बढेको छ । प्रहरी हो भन्दैमा सहि र गलतको फरकै नछुट्याइ निर्दोश मानिसमाथी प्रहरीले हातपात गरेको रेकर्ड धेरै छ । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले उपत्यकामा प्रर्दशन गरेका थिए । प्रदर्शनकारीको जमातमा निकै प्रहरीहरु उपस्थित थिए ।
सोही प्रर्दशन आइताबार पनि जारी थियो । त्यसै क्रममा सुरक्षामा खटिएका प्रहरीको टोलीले बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि लात्ती प्रहार गरेका छन् । बाटो हिड्दै गरेका भिक्षुलाई प्रहरीले भद्रकालीमा लात्ती प्रहार गरेको छ । त्यतीमात्र नभएर उनिहरुले लाठी देखाएर भिक्षुहरुलाई तर्साएका थिए ।
बाटो हिंड्दै गरेका दुई बौद्ध भिक्षुमाथि प्रहरीले दुव्र्यवहार गरेको हो । प्रहरीले बौद्ध भिक्षुमाथि लात्ती र लाठ्ठी प्रहार भएको भिडिओ सार्वजनिक भएको छ । भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रहरीको आलोचना समेत भइरहेको छ ।
बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि दुव्र्यवहार भएको विषय सार्वजनिक भएपछि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेको छ । प्रदर्शनमा संलग्न नै नभएको भनिएका भिक्षुमाथि आक्रमण भएको विषय सार्वजनिक भएपछि प्रहरीले छानबिन अघि बढाएको छ ।
शनिबारको प्रदर्शनमा ५ जना प्रहरी घाइते भएका थिए । चार जनाको अवस्था सामान्य रहे पनि एक जनाको भने नाक पूरै ड्यामेज भएको अवस्था छ ।