Logo

मेघनाथ पहाडी

बैशाख १, २०८१ शनिबार

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ र सचिवमा थिङ निर्वाचित, को-को बने अन्य पदाधिकारी ?


काठमाडौँ । नेकपा एमाले सिन्धुलीको आठौँ अधिवेशनबाट महेन्द्रदेव श्रेष्ठ निर्वाचित भएका छन् । त्यसै गरी उपाध्यक्षमा कर्ण घिसिङ निर्वाचित भएका छन् ।

अध्यक्ष : महेन्द्र देव श्रेष्ठ
उपाध्यक्ष : कर्ण घिसिङ
सचिव : नवराज थिङ
उप सचिव : दीपेश बराल
महिला उप सचिव : पार्वती भट्टराई

महेन्द्र देव श्रेष्ठ ४४१ मत प्राप्त गरेर विजयी बनेका छन् भने राम कुमार कार्की ३०४ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा कर्ण घिसिङ ३९४ मत ल्याएर विजयी बनेका थिए भने प्रतिस्पर्धी खड्ग बहादुर रजनले ३४१ मत प्राप्त गरे ।

सचिवमा नवराज थिङ ४०१ मतका साथ विजयी बनेका छन् भने नारायण बरालले ३२८ मत प्राप्त गर्न सफल भए ।

उप सचिवमा दीपेश बराल २३५ मतका साथ विजयी बन्न सफल भएका छन् भने अन्य प्रतिस्पर्धी कुमार शर्माले १५६, टीका बहादुर देवकोटाले ९७ राजु बरालले १५१ र शङ्कर कार्की ४५ मत प्राप्त गरे भने महिला उप सचिवमा पार्वती भट्टराई ४८४ मतका साथ विजयी बनेकी छन् भने उनकी प्रतिस्पर्धी मिथुला प्याकुरेल घिमिरेले २२० मत प्राप्त गरेकी छन् ।

नेकपा एमाले सिन्धुलीको आठौं अधिवेशनमा पार्वती भट्टराई म्यान अफ द इलेक्सन भएकी छन् । निर्वाचनबाट सबैभन्दा बढी ४८४ मत ल्याएर उपसचिवमा भट्टराई चिर्वातित भएकी हुन् । उपसचिव पछिको बढी ४४१ मत अध्यक्ष महेन्द्र देव श्रेष्ठको छ ।