Logo

बागमती पेज

बैशाख १०, २०८१ सोमबार

गर्भाअवस्थामा अल्ट्रासाउन्डको महत्त्व के छ ?


गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिन्छ । यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आँकलन गर्न सकिन्छ । त्यस्तै गर्भावस्थाको समयमा बच्चाको विकासको सही मूल्यांकन गर्न चिकित्सकहरुले समय-समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् ।

गर्भावस्थाको समयमा बच्चाको विकास जाँच गर्न समय–समयमा अल्ट्रासाउन्ड गरिन्छ । यस प्रक्रियामा अल्ट्रासाउन्ड किरणहरू मार्फत, पेटभित्र बढ्दै गरेको बच्चाको विकास र सही स्थिति कस्तो छ भन्ने कुरा पत्ता लगाइन्छ ।

गर्भमा रहेको शिशुको वृद्धि विकास कस्तो छ ? कुनै स्वास्थ्यसम्बन्धी समस्या छ कि छैन ? लगायतका कुरा अल्ट्रासाउन्डबाट थाहा पाउन सकिन्छ । समयमै अल्ट्रासाउन्ड गर्दा भविष्यमा बच्चामा आउन सक्ने समस्याको बेलैमै पहिचान गरी समाधान गर्न सकिन्छ । त्यसैले गर्भाअवस्थामा महिलाले कम्तीमा तीनदेखि चार पटक अल्ट्रासाउन्ड गर्नु राम्रो हुन्छ ।

पहिलो अल्ट्रासाउन्ड

पहिलो अल्ट्रासाउन्ड गर्भावस्थाको पहिलो त्रैमासिकमा गरिन्छ । यसबाट बच्चा पाठेघरभित्र बसेको छ कि बाहिर बसेको छ भन्ने कुरा थाहा हुन्छ ।

यस क्रममा पेटमा बढ्दै गरेको बच्चाको मुटुको धड्कनका बारेमा जानकारी लिइन्छ र यससँगै भ्रूणको विकास ठीकसँग भइरहेको छ कि छैन भन्ने पनि थाहा हुन्छ । साथै डेलिभरी हुने मिति पनि थाहा हुन्छ । नाकको हड्डी राम्ररी बनेको छ कि छैन, गर्दनको मोटाइ कति छ भन्ने कुरा हेरिन्छ, जसले बच्चामा डाउन सिन्ड्रोम छ कि भन्ने कुराको पनि संकेत गर्छ । त्यसपछि डाउन सिन्ड्रमको थप जाँच गर्न सकिन्छ ।