Logo

बागमती पेज

बैशाख ११, २०८१ मंगलबार

सञ्चालकको जायजेथा बिक्री गरेर सहकारी पीडितको रकम फिर्ता गर्छुः गृहमन्त्री लामिछाने


काठमाडौँ । रास्वपाका अध्यक्ष तथा गृहमन्त्री रवी लामिछानेले सहकारी पीडितको रकम फिर्ता नगरी राजनीति नछोड्ने बताएका छन् । इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लामिछानेले अध्यादेशमार्फत कानुन ल्याएर भएपनि सहकारी पीडितको रकम फिर्ता गरिने बताएका छन् । उनी भन्छन् ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ,’

लामीछानेले सञ्चालकको जायजेथा बिक्री गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका हुन् ।

उपप्रधान तथा गृहमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सहकारी संचालकको सम्पत्ति बिक्री गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गराउन आफू लागिपरेको लामिछानेले बताएका हुन् ।