Logo

भवानी कार्की

बैशाख १२, २०८१ बुधबार

बैशाख १२ को महाभुकम्प, अवस्था अझै सुध्रेन


काठमाडौँ । २०७२ साल बैशाख १२ गते यो दिन कसलाई थाहा नहोला र । जब जब बैशाख १२ आउँछ तब मानिसहरु झस्किन्छन् अनि सम्झिछन् उही कालो दिन बैशाख १२ गते को महाभुकम्प । आजभन्दा ९ वर्ष अघि गएको भुकम्पले धेरैको ज्यान लियो । धेरैले आफ्ना आफन्त गुमाए । कतिले घरबार गुमाए ।

बैशाख १२ को भुकम्पले धेरै जनधनको क्षती गर्यो । नेपालका अमुल्य पुरातत्विक सम्पदाहरु भत्किए । यसरी हजारौँ मानिसको ज्यान लिने गरी र संरचना तहस नहस बनाउने गरी भुकम्प गएको आज ९ वर्ष पुगेको छ ।  तर अवस्था भने जस्ताको तस्तै छ । कतिपय सम्पदाहरु आजपनि पुनः निर्माण हुन सकेको छैन ।

भुकम्पले नेपालका प्राकृतिक सौन्दर्यको गहनाहरु र राष्टको सम्पत्ति तहस नहस बनाएको थियो । कतिपय सम्पदा त पुनःनिर्माण गर्न नसक्ने अवस्थामै छन् । कतिपय बन्ने क्रममा छन् भने केही बन्न बाँकीनै छ । भुकम्पले भत्किएका गाउँका घर सरकारको केही राहतमा एक तले निर्माण भएका छन् ।

गोरखाको बारपाक केन्द्रविन्दु बनाएर मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पमा ८ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए । भूकम्पबाट ५ लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने २ लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति र्पुयाएको थियो ।

उक्त भुकम्पछि नेपालमा यती ठुलो भुकम्प गएको छैन । तर बेलाबेलामा पराकम्पनहरु भने आइरहन्छ । र मानिसलाई तर्साइरहन्छ । ०७२ पछिको भुकम्प अघि नेपालमा १९९० सालमा भुकम्प गएको कुरा पुस्ताहरुले सुनाएका थिए । सोही  भूकम्पलाई बिर्साउने गरी वैशाखमा गएको उक्त विनाशकारी भूकम्पको सम्झना अझै पनि बालकदेखि बृद्ध सम्ममा छ ।

बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर भुकम्प दिवस मनाइएको पनि छ ।

गत वर्षको कात्तिकमा पनि जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर भुकम्प गएको थियो । ६ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पले पश्चिमको १३ जिल्लालाई असर पारेको थियो । सो भूकम्पबाट १५३ जनाको ज्यान गयो भने ३६४ जना घाइते भएका थिए ।

नेपालमा यस्ता प्रकृतिक विपदहरु भइरहन्छन् । तर यस्ता भैपरी आउने जोखिमलाई न्युनीकरण गर्न नसकेपनि विपदका समयमा भोग्नुपर्ने समस्य भने नेपालमा थुप्रै छ । उद्धारमा ढिलाई हुनु, समयमा राहात नपुग्नु, बस्ने व्यवस्थाको व्यवस्थापन नहुनु यस्ता विविध समस्या अझैपनि यथावत नै छन् ।

नेपालमा भुकम्पछिको अर्को विपद हो कोरोना भाइरस । भुकम्पले उथुल पुथुल पारेको जीन्दगीलाई कोरोनाले थप जलाएको छ । भुकम्प, कोरोना जस्ता विपदका कारण नेपालमा आर्थिक उन्नती हुन सकेको छैन । अझैपनि आर्थिक संकटनै छ ।

भुकम्प जाने मुलुककै कुरा गर्नुपर्दा नेपाल भूकम्पीय जोखिममा ११ औं स्थानमा पर्छ । काठमाडौं उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको अध्ययनले देखाउँछ । तर जुनसुकै बेला हुन सक्ने विपदलाई लिएर नेपाल गम्भिर बन्न सकेको छैन ।