Logo

बागमती पेज

बैशाख १८, २०८१ मंगलबार

इलाम २ मा एमालेका सुहाङ ५८३० मतान्तरले विजयी


काठमाडौँ । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।

सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए ।

आज बिहान ११ बजे मतगणस्थलमा सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको कान्छा छोरासमेत रहेका सुहाङले शानदार मतका साथ विजयी हुँदै बुवाको विरासत कायम राखेका छन् । यहाँ २०५६ देखि सुवासले निरन्तर चुनाव जित्दै आएका थिए ।

पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४५७ भोट ल्याएर तेस्रो हुँदा चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० भोट प्राप्त गरे ।