Logo

बागमती पेज

जेष्ठ ६, २०८१ आईतबार

प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको निरन्तरको अवरोधले विथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको थियो ।
बिहीबारको बैठकमा कांग्रेस र एमाले सांसदहरुबीच हात हालाहालको स्थिति उत्पन्न भएको थियो ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ ।
आजको संसद बैठकमा भने गृहमन्त्रीले बोल्ने कार्यसूची रहेको छ । शुक्रबारको कार्यसूचीमा भने गृहमन्त्रीले बोल्ने कार्यसूची थिएन। संसद सचिवालयका महासचिव प्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीमा ६ वटा विषय छन् । पहिलोमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले नै प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ ।
तेस्रो कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्टपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन् । त्यसैगरी सभामुखले राष्टपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।