Logo

बागमती पेज

जेष्ठ ९, २०८१ बुधबार

महिला क्रिकेट प्रशिक्षण कार्यक्रम सम्पन्न


काठमाडौँ । खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत स्याङजाको पुतलीबजारमा सञ्चालित महिला क्रिकेट प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा १० दिने प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै पुतलीबजार नगरपालिकाकी उप–प्रमुख देबी अर्यालले राज्यले महिलाहरुलाई समान हकको अधिकार दिएको बताउँदै खेलकुद क्षेत्रमा महिला सहभागिता बढाउन यस प्रकारका प्रशिक्षण महत्वपूर्ण हुने बताइन् ।

प्रशिक्षणमा सहभागिता जनाएका खेलाडीहरुलाई बधाई दिंदै समाज रुपान्तरणको बाटोमा खेलकुदको विकास अझै अपरिहार्य रहेको बताइन् । खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा झण्डा फहराउन सक्ने गरी आफूलाई खेलमा समर्पित गर्न आग्रह गर्दै उनले् आगामी बजेटमा नगर पालिकाले खेलकुदमा बजेट बढाउन आफू प्रयासरत रहने बताइन् ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषीराम गौतमले परिषद समग्र प्रदेशको खेलकुद विकासका लागि योजनावद्ध रुपमा अघि बढेको जनाउँदै खेल्छ गण्डकी कार्यक्रमले यूवा देखि अग्रज सम्मका उमेर समुहलाई समेट्दै समाजमा खेल संस्कृतीको विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गरे ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको समापन कार्यक्रममा खेल्छ गण्डकी कार्यक्रमका संयोजक केशव पाठक, प्रादेशिक क्रिकेट संघका महिला बिकास उपसमितिका संयोजक बिधा देबि भट्टराई, कार्यक्रमका स्थानिय संयोजक तथा संघ का कोषाध्यक्ष दिवाकार थापा, मुख्य प्रशिक्षक रिजन प्रजु सहभागीको तर्फ बाट श्रृजना पौडेल र प्रियन्शु न्यौपाने लगायतले प्रशिक्षणले यूवा महिला क्रिकेट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको जनाउँदै टिम इभेन्टमा खेलाडी हरुको प्रतिभा निखार्नु सङै यसलाई खेल परिबारको मा बिकास गरि खेल जित्न सबैको भुमिका अपरिहार्य छ तेसैले सामुहिक प्रतिबद्धताका लागि यस्तो कार्यक्रम फलदायी हुने बिश्वास सहित आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

गत बैशाख २९ गतेबाट सञ्चालित उक्त प्रशिक्षणमा प्रदेशका ६० जना खेलाडीहरुले सहभागिता जनाएका थिए । राष्ट्रिय यू–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत बहादुर टमटा र गण्डकीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक रिजन प्रजु, गोबिन्द प्रधान लगायतले प्रशिक्षण दिएको कार्यक्रममा सहभागी हरुलाइ सहभागीता को प्रमाण पत्र वितरण गरिएको थियोे ।