Logo

बागमती पेज

असार ३१, २०८१ आईतबार

डेंगु संक्रमित १५०० नाघे, जोखिम कात्तिकसम्मै रहने


काठमाडौं । नेपालमा यस वर्ष डेंगु संक्रमितको संख्या १ हजार ५४४ हजार नाघेको छ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२३ यता १ हजार ५३३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

यो वर्ष डेंगुको संक्रमण सबैभन्दा धेरै काठमाडौंमा देखिएको छ । काठमाडौं जिल्लामा १८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, ओखलढुंगामा ५३, तनहुँमा ५३ र डोटीमा ५० जना संक्रमित भइसकेका छन् ।