Logo

बागमती पेज

श्रावण ११, २०८१ शुक्रबार

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन


काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।

नकर्मीको उपचारको क्रममा गएराति ९ बजे बीर अस्पतालमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले बताए ।

उनले नेपालप्रेसलाई भने, ‘लामो समयदेखी मृगाैलासम्बन्धी रोगबाट उहाँ पीडित हुनुहुन्थ्याे। हिजो उहाँकाे बीर अस्पतालमा निधन भएकाे हाे । उपचारको क्रममा बेलुका ९ बजे निधन भएको हो ।’ उनका अनुसार उनी लामाे समयदेखि मृर्गौलाको विरामी थिए ।

नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्राङ्गणम राख्ने तयारी भइरहेको  उनले बताए ।

आज मेयर नकर्मीको निधनको शोकमा नगरपालिकामा शोक बिदा दिइएको छ ।