Logo

बागमती पेज

श्रावण २३, २०८१ बुधबार

हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्क विहीन, पाइलट सहित चार चिनियाँ नागरिकले गुमाए ज्यान


काठमाडौँ । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन(एजेडी हेलिकप्टर दुर्घटना भएको छ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको हो ।

केही दिन अगाडी विमान स्थल परिसरमै सौर्यको विमान दुर्घटना भएको घटना नसेलाउँदै फेरी यस्तो दुखद खवर आएको हो । सौर्यको विमान दुर्घटनामा १८ जनाको घटनास्थलमै निधन भएको थियो ।

आज दुर्घटना भएको हेलिकप्टर, दिँउसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको त्रिभुवन विमानस्थल स्रोतले बताएको छ । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको हो ।

नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जनाएको छ ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको हो । मृत्यु भएका नागरिक चिनियाँ नागरीक भएको पाइएको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको हो । काठमाडौंबाट स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार एकजना नेपाली पाइलटसहित चारजना चिनियाँ नागरिक रहेको हेलिकोप्टर दुर्घटनामा परेको सूचना प्राप्त गरेको बताउँदै उद्धारका लागि टोली जाँदै गरेको बताएका छन् । दुर्घटनाग्रस्त भएको हेलिकप्टर उडेको ३ मिनेटमै सम्पर्क विहिन भएको बताइएको छ । रसुवा पुगेर काठमाडौं फर्किँदै गर्दा उक्त हेलिकप्टरको क्याप्टेन अरुण मल्ल थिए । जसमा चार चिनियाँ सवार रहेको बताइएको छ ।

नुवाकोटका एसपी शान्तिराज कोइरालाले प्रहरी दुर्घटनास्थमा पुगेको बताए । उनले दुई पुरुष, एक महिला, र अर्का एकजना चिन्न नसकिने अवस्थामा रहेको बताएका हुन ।

यसैबीच नेपाली सेनाको उद्धार टोली पनि घटनास्थलतर्फ पठाइएको छ ।

अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ ।