Logo

बागमती पेज

भाद्र ६, २०८१ बिहीबार

माओवादी केन्द्र सिन्धुलीका दुई जिल्ला कमिटी सदस्य एमाले प्रवेश


काठमाडौं । नेकपा माओवादी केन्द्र सिन्धुलीका दुई जना नेताहरू एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्र जिल्ला कमिटी सदस्य नरबहादुर राजन र फडिन्द्रबहादुर ठकुरी बुधबार एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा एमाले सिन्धुलीका मनोनीत जिल्ला कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनीहरू एमालेमा समाहित भएका हुन् ।

कार्यक्रममा नेकपा एमाले सिन्धुलीका इञ्चार्ज मनोजजंग थापा, केन्द्रीय सदस्य गणेश पहाडी, कमलजंग राई, सुवास देवकोटा, उमा कोइराला, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठलगायत थिए ।