Logo

बागमती पेज

जेष्ठ ६, २०७९ शुक्रबार

काभ्रेको चौरीदेउरालीको अध्यक्षमा माओवादी, उपाध्यक्षमा काँग्रेस विजयी


काठमाडौं । काभ्रेको चौरी देउराली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाईं निर्वाचित भएकी छन् । चौलागाई विगतमा संविधान सभा सदस्य समेत थिइन् ।

६२२८ मत ल्याउँदै चौलागाई निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका जितराम लामाले ५ हजार ४६३ मतमा सिमित बने । त्यस्तैगरी उपाध्यक्षमा नेपाली काँग्रेसका शेरबहादुर लामा तामाङ ७ हजार २१९ मतसहित निर्वाचित बनिन् ।

उनका प्रतिस्पर्धी एमालेका बविता खरेलले ३५४९ मत प्राप्त गरिन् ।