Logo

मेघनाथ पहाडी

भाद्र १८, २०८१ मंगलबार

डिजिटल साहुजीमा संस्थापक शेयर धनी हुने अवसर


काठमाडौँ । नेपालमा नयाँ नयाँ इकमर्स प्लेटफर्महरु फरक सुविधा लिएर आइरहेका छन् । जति धेरै प्लेटफर्म त्यति धेरै अवसर तथा सुविधा सङ्गै ग्राहकले समस्या र चुनौतीहरू भोग्न बाध्य छन् । अनलाइनमा एउटा सामान देखाइने र अर्डर पश्चात् सामान घर आइपुग्दा अर्कै हुने, कुनै ग्यारेन्टी वारेन्टी नहुने वारेन्टी भनिएतापनि दाबी गर्ने बेला झन्झटिलो प्रकृया हुने, सामानको लागि अनलाइन भुक्तानी गरिसकेपछि बिक्रिकर्ता सम्पर्कमा नरहने जस्ता विभिन्न समस्या भोग्दै आइरहेका छन् । त्यसैको विकल्पका रूपमा डिजिटल साहुजीको अवधारणा विकास भएको हो ।

डिजिटल साहुजी विगत ५ वर्ष भन्दा बढी समयको खोज अनुसन्धान मार्फत कसरी ग्राहक केन्द्रीत काम गर्न सकिन्छ भन्ने विषयमा विज्ञ टिमको अग्रसरतामा आधिकारीक रुपमा २०८० सालमा स्थापना भएको डिजिटल प्लेटफर्म हो । यसको स्थापनाले ग्राहकलाई सुरक्षित र भरपर्दो माध्यम बन्न सक्नेछ । यसले ग्राहक, खुद्रा बिक्रेता, आयात कर्ता र नेपालका उत्पादनहरूलाई एकै ठाउँमा जोड्ने काम गर्छ ।

नेपाली उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सम्मको व्यवस्थापन गर्ने उदेश्य सहित काम गरिरहेको छ । हाल नेपाली ग्राहकले सुरक्षित रूपमा सामान किन्न पाएका छैनन् । अनलाइनका नाममा कतिपय बिके्रताबाट ठगिएका उदाहरणहरू प्रशस्तै छन् । नेपालको बजारमा जुन तरिकाले ग्राहक ठगिँदै आएका छन्, त्यसको समाधान हो डिजिटल साहुजी

कम्पनीले हाल संस्थापक शेयर बापतको १० हजार थान बिक्री गर्न लागेको छ । जसमा न्यूनतम ५ लाख देखि बढीमा २५ लाख सम्मको संस्थापक शेयर खरिद गर्न सकिनेछ । देशका विभिन्न ठाउँमा शाखा स्थापना गरी इकमर्स प्लेटफर्म मार्फत र आफ्ना डिलर काउन्टर मार्फत सामान बिक्री गर्ने भएकोले अधिक कारोबार बृद्धिगरी गरी मुनाफा कमाउने उद्देश्य भएको कम्पनीले जनाएको छ ।

कम्पनीले तीन वर्षपछि २० प्रतिशत सेयर आइपिओमा निकाल्ने गरी तयारी गरिरहेको छ । देश बाहिर रहेका नेपाली व्यापारी आइटी इन्जिनियरहरूको संयुक्त लगानीमा स्थापना भएको कम्पनीको १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा हुने नेपालीको लागी छुट्टाउने योजना छ । त्यसै गरी १० प्रतिशत सेयर बाँकी सम्पूर्ण नेपालीहरूको लागि छुट्याएको छ ।

कम्पनीले आइपियो निकाल्नुभन्दा अगावै हाल लगानी गरेका संस्थापक सेयर धनीलाई लगानीको न्यूनतम २०० प्रतिशत मुनाफा वितरण गर्ने गरी काम गरिरहेको छ ।