Logo

बागमती पेज

भाद्र १८, २०८१ मंगलबार

न्युमिलिनियम स्कुलको दर कार्यक्रम भव्य रुपमा सम्पन्न


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ स्थित रहेको न्युमिलिनियम स्कुलको तिज विषेश दर कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार स्कुलको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षक शिक्षिकाहरु सहभागी भएका थिए ।
कार्यक्रमले समुदायमा महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र सामाजिक एकताको महत्वपूर्ण सन्देश प्रवाह गर्दै आफ्नो परम्परा जोगाउन स्कुलले दर कार्यक्रम आयोजना गरेको हो ।

स्कुलका प्रधानाध्यापक राजेन्द्र रिजालले उपस्थित सबैलाई स्वागत गर्दै तीज पर्वको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वबारे प्रकाश पारे। उनले भने, तीज पर्व केवल नाचगानको अवसर मात्र होइन, यो पर्वले हाम्रो समाजमा महिला सशक्तिकरणको संदेश पनि दिन्छ । यस्ता कार्यक्रमहरू मार्फत हामी हाम्रो परम्परा र संस्कृतिलाई जोगाउनुका साथै नयाँ पुस्तामा यसको महत्त्व पनि बुझाउन सक्छौं।

नृत्यका क्रममा महिलाहरूले आफूभित्रका दुःख र पिडाहरू साट्दै खुशी र उर्जा बाँडेको देखिन्थ्यो । आयोजित तीज कार्यक्रमले समुदायमा नयाँ उत्साह, उमंग, र एकताको भावना फैलाएको छ ।