चक्रवात ‘यागी’का कारण आएको बाढीमा परी म्यानमारमा जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । बाढीमा परी दुई सयभन्दा बढी मानिसको मृत्यु भएको देशको सैनिक सरकारले जनाएको बीबीसी समाचारमा उल्लेख छ ।
८० भन्दा बढी मानिस अझै बेपत्ता छन् । ‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी पनि हो ।
आधिकारिक तथ्याङ्क अनुसार भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा सेप्टेम्बरको सुरुदेखि यसले ५०० भन्दा बढीको ज्यान लिइसकेको छ।
यागीका कारण म्यानमारमा बाढी, पहिरो आएको छ । धेरै गाउँ डुबानमा परेका छन् ।
यसका साथै म्यानमारमा धेरै एकडमा लगाएको बाली पनि नष्ट भएको छ । यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने पनि राष्ट्रसंघले चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघले चक्रवात ‘यागी’ ले राजधानी नेपिडावसहित म्यानमारका थप नौ राज्यमा विनाश गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्