काठमाडौँ । पत्रकार महासंघ काठमाडौँ शाखाको महिला उपाध्यक्षमा कान्ति न्यौपानेले उम्मेदवारी दिएकी छन् । विगत एक दशकदेखि श्रमजीवी पत्रकार पेसामा आबद्ध रहेकी न्यौपानेले मङ्सिर २८ गते भोली हुन लागेको पत्रकार महासङ्घको निर्वाचनमा उम्मेदवारी दिएकी हुन् ।
महिला उपाध्यक्ष पदमा उम्मेदवारी दाबी गरेकी न्यौपानेले श्रमजीवी पत्रकारहरूको हक हितका लागि काम गर्ने प्रतिबद्धता जनाएकी छन् । पत्रकारिता क्षेत्रको विकास र प्रवर्द्धनमा केही गर्नुपर्छ भन्ने धारणासहित उम्मेदवारी दर्ता गराएकी न्यौपानेले अङ्ग्रेजी र फत्रककारिता विषयमा स्नातकोत्तर समेत गरिसकेकी छन् ।
पत्रकार न्यौपाने विभिन्न टेलिभिजन, प्रिन्ट मिडिया, अनलाइन तथा डिजिटल मिडिया प्लेटफर्ममार्फत पत्रकारिता पेसा अँगाल्दै आएकी छन् । साथै विभिन्न लेखन, कार्यक्रम उत्पादन, सम्पादन र प्रस्तुतिमा समेत अब्बल रहेकी छन् ।
ग्लोबल मिडिया र नेपाली मिडियाको विश्लेषण गर्न सक्ने क्षमता भएकी, पेसागत मर्यादाप्रति सचेत र क्षमतामा विश्वास राख्न सक्ने र युवा तथा सकारात्मक पहलकदमीमा विश्वास राख्ने न्यौपानेले सबैलाई आफूलाई मत दिएर साथ सहयोग गर्न समेत अनुरोध समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्