Logo

मेघनाथ पहाडी

पुस २६, २०८१ शुक्रबार

सांसद दाहालद्वारा पक्कीपुल शिलान्यास


काठमाडौँ । सुनकोशी गाउँपालिका–५ र सातबिसे डिही भोटेखोला पक्कीपुल सिन्धुली क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य राजन दाहालले पक्कीपुलको शिलान्यास गरेका छन् ।

पूर्वाधार विकास निर्माणका काममा पछाडी रहेको सिन्धुलीमा दाहालले विकासको बाढि ल्याएका छन् । बागमती प्रदेश सभा सदस्य हुँदा देखि हाल सम्म सिन्धुलीका दर्जनौ महत्वपूर्ण योजनामा उनको मुख्य भूमिका रहेको देखिन्छ ।

कार्यक्रममा सांसद दाहालले ठेकेदारका कारण समयमा काम सम्पन्न नहुने खालका समस्या रहेका भन्दै समयमै काम सम्पन्न गर्न अनुरोध गरेका थिए । उनले पालिका भित्रका विकास निर्माणका ठुला र आवश्यकीय योजना वारे जानकारी गराउन समेत अनुरोध गरेका छन् ।

३ करोड ६० लाख चौरानब्बे हजार ६ सय छयत्तर रुपैयामा पक्कि पुल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष दीपा बोहोराले जानकारी दिएकी छन् । उनका अनुसार ०८१ जेठ १४ गते सम्झौता भएको उक्त पुल ०८२ जेठ १३ गते सम्पन्न हुने भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपा बोहोरा, उपाध्यक्ष कपिल कुमार कोईराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, वडाध्यक्षहरु लगायत अन्य राजनैतिक दलहरुको समेत उपस्थिति रहेको थियो ।