काठमाडौं । नेकपा एमाले निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल सर्वसम्मत निर्वाचित भएकी छन् । लामो समयदेखि संगठनको विभिन्न तहमा रहेर क्रियाशिल रहँदै आएकी उनी इतिहासमै पहिलो पटक महिलाबाट अध्यक्ष बनेकी हुन् ।
यसअघि अध्यक्षको दाबेदार रहेका रेवन्त गौतम वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् भने अर्को वरिष्ठ उपाध्यक्षको जिम्मेवारी प्रभासप्रसाद शाहले पाएका छन् ।
संगठनको अन्य पदाधिकारीहरु केन्द्रीय उपाध्यक्षमा विष्णु अर्याल, युवाचन्द्र घिमिरे, विजयालक्ष्मी सुवेदी र कृष्णबहादुर केसी चयन भएका छन् ।
त्यस्तै संगठनको नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र (आरसी) अधिकारीले पाएका छन् भने उपमहासचिवको जिम्मेवारी वामदेव ओली, सूर्य कुँवर र कमला दाहालले पाएका छन् ।
संगठनको सचिवमा देवी पराजुली, गोविन्द अधिकारी, राज बहादुर पछाई, टीपी भण्डारी र ओम कठायत चयन भएका छन् । महाधिवेशन माघ ३० गते सुरु भई फागुन १ मा सम्पन्न हुनुपर्ने भए पनि नेतृत्व निर्वाचनबाट चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा थप दुई दिनसम्म लम्बिएको थियो । शपथग्रहण आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्