काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपाली जनताका लागि सर्वाधिक महत्तवको दिन भएको बताएका छन् । बुधबार प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जहाँनिया शासनविरुद्ध लडेर नेपाली जनताले ऐतिहासिक उपलब्धि हासिल गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘फागुन ७ गते । आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो । गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना !’
जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायतका सहिदप्रति पनि प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्