काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका- ४ स्थित खाङ्गसाङ बेसीको नवनिर्मित प्रहरी चौकी उद्घाटन भएको छ ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला एवं कानुन मन्त्री सुरजचन्द्र लामिछाने र
बागमती प्रदेश प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले संयुक्त रुपमा प्रहरी चौकीको नवनिर्मित भवन उद्धघाटन गरेका हुन् ।
बागमती प्रदेश सरकारको ३ करोड ४६ लाख २१ हजार ५ सय चौबीस रुपैयाँ २० पैसा लागतमा आर आर बिल्डर्स चरिकोट दोलखाले २०८० असोज १५ गते निर्माण सम्झौता गरेको भवन निर्माण सम्पन्न भएपछि आज उद्घाटन गरिएको छ ।
फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले प्रहरी चौकीले सामुदायिक सुरक्षा र प्रहरी–जनता सम्बन्धलाई अझ मजबुत बनाउने बताउँदै योजनाबद्ध रूपमा सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने धारणा व्यक्त गरेकी छन् । उनले स्थानीय बासिन्दाहरूको सुरक्षा, अपराध नियन्त्रण र आपत्कालीन सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको भन्दै प्रहरीको उपस्थिति बढाउनुका साथै अपराधिक गतिविधिहरू नियन्त्रण गर्न पनि मद्दत गर्ने बताइन् ।
प्रहरी चौकीको निर्माण र उद्घाटनले सरकारले सुरक्षा क्षेत्रमा गरिरहेको प्रयासहरूको एक महत्वपूर्ण पाइला हो भन्ने मान्यता व्यक्त गरिएको छ । भने मध्यपहाडी लोकमार्गको सुरक्षा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्