काठमाडौं । घिमिरे बन्धु प्रतिष्ठान मकवानपुरको अध्यक्षमा एसपी (शंकर) घिमिरे चयन भएका छन् ।
शनिबार हेटौँडामा सम्पन्न आठौँ जिल्ला भेला तथा चौथो अधिवेशनले घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा ज्ञान प्रसाद घिमिरे, सचिव यदु कुमार घिमिरे र कोषाध्यक्षमा भवनाथ घिमिरे चुनिएका छन् । सो अवसरमा प्रतिष्ठानले ज्येष्ठ सदस्य धर्मदत्त घिमिरेलाई सम्मानित समेत गरेको छ ।
प्रतिष्ठानका केन्द्रीय सचिव अजय घिमिरेको आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
नवनिर्वाचित अध्यक्ष एसपी घिमिरेले प्रतिष्ठानलाई नयाँ ढंगले आगाडी बढाउने बताएका छन् । उनले घिमिरे बन्धुहरुलाई एक जुट बनाएर छुटेकाहरुलाई समेट्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्