Logo

बागमती पेज

फाल्गुन २५, २०८१ आईतबार

न्यु मिलिनियममा आर्ट अफ लिभिङको ‘नो योर चाईल्ड’ कार्यक्रम सम्पन्न


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको न्यु मिलिनियम स्कुलमा नो योर चाईल्ड कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा विद्यालयका अभिभावकहरुलाई आर्ट एक्सेल कार्यक्रमको जानकारी गराईएको हो ।

उपस्थित अभिभावकलाई आर्ट अफ लिभिङको नो योर चाईल्ड कार्यक्रम मार्फत ८ देखि १३ वर्ष सम्मका विद्यार्थीलाई गराईने आर्ट एक्सेल कार्यक्रमको जानकारी गराईएको थियो । कार्यक्रममा करिव ४० जना सहभागी भएका विद्यालयका प्रधानाध्यापक नारायण चौलागाईले जानकारी दिए ।

सहभागी अभिभावकलाई आर्ट अफ लिभिङका दमयन्ती रायमाझी, रोमा रायमाझी, रोशन कोईराला र सरोजराज श्रेष्ठले प्रशिक्षण दिएका थिए । उनीहरुलाई योगा, ध्यानको अनुभव गराउदै अभिमुखिकरण दिएका थिए ।

सरोजराज श्रेष्ठले अवको शिक्षा प्रणाली आध्यात्मिक अभ्यासका साथ पाठ्यक्रमहरु समावेश हुनुपर्ने धारणा व्यक्त गरेका थिए । विद्यार्थीहरुलाई राम्रो नतिजा मात्र नभएर व्यवहारिक, आध्यात्मिक ज्ञानले भरिपुर्ण भएमात्र समाज हिंसामुक्त, नशामुक्त हुने बताए । त्यस कारण हरेक विद्यालयमा योग ध्यान गराउनु पर्नेमा उनको जोड थियो ।

विद्यालयका प्रधानाध्यापक नारायण चौलागाईले विद्यार्थीलाई अवका दिनबाट विद्यालयमा आध्यात्मिक ज्ञान दिँदै व्यवहारिक शिक्षालाई प्रथामिकतामा राखेर उत्कृष्ठ नतिजा ल्याउने बताए ।