भूमण्डलीकरण र मुनाफामुखी निगमीय उत्पादन प्रणालीका कारण बिग्रिएको माटोले उत्पादनमा ह्रास आएको, खाद्यान्न निर्यात प्रभावित भएको अनि अनुदान र सहयोग कटौती हुन थालेको वैश्विक सङ्कटापन्न परिस्थितिको बोध गराउन र सफल, सक्षम र उत्तम कृषकका अनुभवको सामाजिकीकरण गर्न जरुरी छ । मुख्य कुरा त कृषि हेय, दुःखी र कम प्रतिफल भएको क्षेत्र हो भन्ने भाष्यलाई बदल्नु छ ।”
८ जेठ । सूचना तथा सञ्चार प्रविधि (आइसिटी) ले कृषि क्षेत्रमा परिणममुखी नतिजा दिन सक्छ । नेपालमा यसको प्रयोग बढ्दै गए पनि अर्थतन्त्र उकास्ने गरी नेतृत्वदायी भूमिका खेल्न सकेको छैन । पारिवारिक र जीवन निर्वाहमुखी नेपाली कृषिले नयाँ ज्ञान, सिप, औजार र प्रविधिको माग गर्दै छ । कुल राष्ट्रिय उत्पादनमा ठुलो योगदान दिए पनि यसले रोजगारी सिर्जनाबाहेक वित्त निर्माण, आत्मनिर्भरता र व्यापार सन्तुलनमा उल्लेखनीय काम गर्न नसकेको यथार्थ हाम्रो सामु छ । यस्तो बेला उत्पादनमा दिगोपन ल्याउन, जलवायुमा अनुकूलन कायम गर्न तथा व्यावसायिकता र उद्यमशीलता बढाउन प्रविधिको ज्ञानले किसानलाई दीक्षित र जागरुक तुल्याउन सक्छ । आइसिटी यस्तो सेवा हो, जसले मात्र नेपाली कृषिमा विद्यमान विभिन्न समस्याको न्यूनीकरण गर्छ ।
नेपालमा कृषि क्षेत्रले मौसम र जलवायु परिवर्तनको गम्भीर असर भोग्दै आएको छ । किसान मल, बिउ, मूल्य, बजार आदि कुरामा सचेत छैनन् । उत्पादन र वितरणमा बिचौलियाको भर पर्नु पर्छ । राज्यले प्रदान गरेका सुविधा पनि सीमित व्यक्तिले मात्र उपभोग गरिरहेका छन् । उन्नत कृषि प्रणालीको प्रयोगमा सामान्य किसान समेटिन सकेका छैनन् । कृषिजोन, नमुना क्षेत्र जस्ता कार्यव्रmम थप प्रभावकारी बनाउनु छ । किसान कार्ड, कृषियोग्य जमिनको सुरक्षा, भूमि बैङ्कको अवधारणा, सिँचाइ विस्तार जस्ता योजना प्रतीक्षाको विषय बनेका छन् । समयमै कृषि उपजको समर्थन मूल्य तोकेर श्रमप्रतिको सम्मान जनाउनुपर्ने पनि छ । कृषिमा विदेशी लगानी रोकी राज्यले स्वदेशी पुँजी, श्रम र सिपको उच्च मूल्याङ्कन गर्दै आएको भए पनि नेपालमा जमिन बाँझिने, रुखिने र टुव्रिmने व्रmम बढ्दो छ । खाद्यमा आत्मनिर्भर हुन नसकी ठुलो व्यापारघाटा भोग्नु परेको छ । यसलाई कम गर्ने विषयमा धेरै बहस भए पनि आइसिटीको भूमिका र प्रभावबारे भने खासै महìव दिएको पाइन्न ।
नेपालको प्रकृति कृषिमैत्री छ र प्रविधिको पहुँच पनि बढ्दै छ । आधुनिक कृषि औजार, सुलभ ऋण, सहकारी सेवा, मल बिउको उपलब्धता, बजारीकरण र मूल्यका बारे जानकारी दिन सूचना प्रविधिले काम थालेको छ । प्रत्येक पालिका र वडामा प्राविधिक सेवा पु¥याउने सरकारी लक्ष्य सञ्चारबाटै लैजाने हो । रेडियो, मोबाइल, इन्टरनेट, बिजुली जस्ता माध्यमको उपलब्धता, प्रयोग र प्रभावकारितालाई योजनाभित्र समेट्नुपर्ने हुन्छ । डिजिटल साक्षरता वृद्धिका कार्यव्रmमसँगै कृषि प्रविधिलाई पनि जोड्न सक्नु पर्छ । विद्यालय वा अनौपचारिक क्षेत्रमार्फत ग्रामीण समुदाय र निम्न वित्तीय किसानमाझ कृषि चेतना बढाउने माध्यम नै यिनै हुन् । यिनको संस्थागत र समूहगत सञ्जाल बनाएर सूचना प्रवाह गर्न सकिन्छ । तसर्थ सबै किसानमा आइसिटीमा समान र आधारभूत पहुँच जरुरी छ ।
विश्वका अमेरिका, चीन, भारत आदि देशले कृषिमा सूचना प्रविधिको प्रयोग बढाउँदै समृद्धिको यात्रा तय गरिसकेका छन् । पछिल्लो समय तिनले अपनाएको सूचना प्रविधि नेपालीका लागि अनुकरणीय छ । ती किसानले इन्टरनेटको माध्यमबाट सरकारी र निजी संस्थाले प्रसारण गरेको प्राविधिक ज्ञान सुनेर, बुझेर, सिकेर अनि अनुकरण गरेर आफ्नो खेती प्रणालीमा व्यापक परिवर्तन ल्याएका छन् । बेमौसमी, अन्तर्जातीय, गैरभौगोलिक तथा माटोरहित खेती प्रणालीको विकास र विस्तार गरेका छन् । नेपाल यसको प्रारम्भिक चरणमा नै छ । यहाँ विश्वले विकास गरेका कृषि प्रविधिलाई प्रत्येक नेपालीका खेतबारीमा प्रयोगमा ल्याउन पनि सकिएको छैन । सर्वप्रथम उत्पादक, प्राविधिक र उपभोक्तबिचको निरन्तर, सहज र निकट सम्बन्ध स्थापना हुनु पर्छ । जलवायु, रोगव्याधि, माटोको गुणस्तर, मलबिउको प्रयोग, कीट नियन्त्रण विधि आदि जस्ता नितान्त प्राविधिक विषयमा नेपाली किसान बेखबर हुनुहुन्न । अहिले मोबाइल एसएमएस, कम्प्युटर एप्लिकेसन्स, फोन, इन्टरनेट, उपग्रह प्रणाली आदिले किसानलाई भरपर्दो सूचना दिन थालेका छन् तर कतिले लिए वा कति प्रभावकारी भयो भन्नेतर्फ सबै उदासीन रहेको पाइन्छ ।
कुनै समय नेपाली किसान अनुमान र अनुभवका आधारमा विश्व बजारलाई खाद्यान्न बेच्थे तर अहिले सबै सुविधा र पूर्वानुमान सेवा पाएर पनि नेपाल पाराधीन कृषिमा जकडिनु परेको छ । यसको मुख्य कारण कृषितर्फको युवा विकर्षण हो । यसैले विश्वव्यापीकरण र बसाइँसराइको चपेटामा परेको कषि क्षेत्रबाट टाढिँदो र भड्किँदो निराश युवा मनोविज्ञानमा आत्मबल भर्नु छ । यहाँको जैविक विविधता र अनुकूल वातावरणको व्यापक प्रचार गर्नु छ । भूमण्डलीकरण र मुनाफामुखी निगमीय उत्पादन प्रणालीका कारण बिग्रिएको माटोले उत्पादनमा ह्रास आएको, खाद्यान्न निर्यात प्रभावित भएको अनि अनुदान र सहयोग कटौती हुन थालेको वैश्विक सङ्कटापन्न परिस्थितिको बोध गराउन र सफल, सक्षम र उत्तम कृषकका अनुभवको सामाजिकीकरण गर्न जरुरी छ । मुख्य कुरा त कृषि हेय, दुःखी र कम प्रतिफल भएको क्षेत्र हो भन्ने भाष्यलाई बदल्नु छ । तसर्थ युवाको नकारात्मक मनोविज्ञानमा परिवर्तनका लागि पनि आइसिटीको प्रभाव विस्तार जरुरी देखिएको हो ।
नेपाली कृषिमा आइसिटीसँग जोडिएर धेरै सामाजिक सङ्गठनले प्रशिक्षण कार्यव्रmम र मोबाइल एप्लिकेसनको विकास गरी किसानलाई एसएमएसमा आधारित सूचना प्रसारण गर्दै आएका छन् । अहिले मोबाइल परामर्श सेवा र ई–विस्तार गर्दै सरकारी निकाय, अनुसन्धान संस्था र कृषि सहकारी विशेषज्ञ सल्लाह प्रसार गरी बिउ छनोट, मल प्रयोग, कीट नियन्त्रण, र सिँचाइ व्यवस्थापनमा तत्काल सहयोग दिन सक्ने भएका छन् । बढ्दो पानीको अभावसँगै स्वचालित थोपा सिँचाइ प्रणाली, आद्र्रता सेन्सरहरू, क्लाउडमा आधारित सिँचाइ व्यवस्थापन उपकरण उपलब्ध छन् । साथै ब्लकचेन प्रविधि, डिजिटल कृषि र फार्म व्यवस्थापन सफ्टवेयर, उपग्रह इमेजिङ, ड्रोन, र आइओटीमा आधारित सेन्सरहरूले माटोको आद्र्रता, फसल स्वास्थ्य र पोषक तìवको स्तरीयताको निगरानी गर्छन् । मोबाइल फोन, कम्प्युटर, इन्टरनेट, उपग्रह तथा भौगोलिक सूचना प्रणाली (जिआइएस) र मौसम तथा बजार अपडेटका सूचना दिन थालिएको छ । जलवायु प्रवृत्ति, माटोको अवस्था र विश्वव्यापी बजारमा आउने गतिशीलता र तीव्र परिवर्तनलाई किसानसमक्ष पु¥याइएको छ ।
किसानलाई शोषित हुनबाट बचाई आइसिटीका उपकरणले वास्तविक समयको उचित मूल्य सम्झौता गर्न र बिचौलियासँगको निर्भरता कम गर्न मद्दत गरेका छन् । डिजिटल भुक्तानी, खेती कार्यतालिका, बिमा सुविधा आदिको सूचनामार्फत जोखिम न्यूनीकरणमा साथ दिएको पाइन्छ । सामाजिक मिडिया र आइसिटी प्लेटफर्म प्रयोग गर्ने प्रवृत्ति बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई १६६००१९५००० नम्बरको निःशुल्क कल सेन्टर सेवा र विभागले थप सहायताका लागि अन्य सम्पर्क नम्बर उपलब्ध गराएको छ । परामर्शका लागि हाम्रो कृषि, नेपाली कृषि, स्मार्ट कृषि जस्ता एप्सहरू पनि उपलब्ध छन् । यसका साथै ई–कमर्श वेबसाइट, सामाजिक सञ्जाल, जल तथा मौसम विभाग, कालीमाटी फलफूल तथा तरकारी बजार, एगमार्केट नेपाल, कृषिगुरु, एम किसान आवाज, ई सेवा, खल्ती, एनएमबी एग्री लोन, आइएमई पे माइव्रmो फाइनान्स, कृषि बिमा, एसएमएस कीट अलर्ट, अनलाइन ट्युटोरियल, नेपाल कृषि अनुसन्धान परिषद्, इसिमोड, हाम्रो कृषि जस्ता सरकारी तथा निजी संस्थाले बजार मूल्य र बिमादेखि डिजिटल भुक्तानीसम्ममा किसानलाई सघाएका छन् ।
नेपाली कृषिमा आइसिटीको भूमिका विशेष गरी ग्रामीण क्षेत्रमा खुम्चिएको छ । आज पनि सहरी र ग्रामीण क्षेत्रहरूबिच डिजिटल विभाजन छ । कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा बिजुली, इन्टरनेट र मोबाइल कनेक्टिभिटी कमजोर छ । उनीहरूलाई स्मार्टफोन, डिजिटल सेवा, मर्मत आदिको उच्च लागत पर्न जान्छ । सामान्य र डिजिटल साक्षरताको स्तर उठाउने युवा साथमा छैनन् । साइबर गोपनीयताले पनि जोखिम बढाएको छ । यसतर्फ सरकारी र निजी लगानीले समुदाय–आधारित डिजिटल केन्द्र निर्माण तथा किफायती र आवाजमा आधारित उपकरण तथा डिजिटल साक्षरता कार्यव्रmम, डाटा संरक्षण नीति जस्ता समाधान बढाउन सक्छन् । डा. श्रीराम न्यौपाने
प्रतिक्रिया दिनुहोस्