Logo

बागमती पेज

१० मंसिर २०८२, बुधबार

भोगटे मेला २०२५का लागि स्टल बुकिङ खुला, सहभागिताको आयोजक संगीता रायमाझीको आह्वान


भोेगटे मेला २०२५का लागि स्टल बुकिङ खुला, आयोजक संगीता रायमाझीले सहभागिताको आह्वान

आगामी भोेगटे मेला २०२५ का लागि स्टल बुकिङ आधिकारिक रूपमा खुला गरिएको छ। स्थानीय व्यवसाय, घरेलु उत्पादन, कला–सिर्जना तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको मेलालाई यस वर्ष अझ आकर्षक बनाइने आयोजक टोलीले जनाएको छ।

मेला डिसेम्बर २०, शनिबार (२०७८ पुष ५) मा कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। वर्षको अन्त्य र नयाँ वर्षको स्वागतसहित यो मेला उत्सवमय वातावरणमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

आयोजक संगीता रायमाझीले मेलाबारे बताउँदै भनिन्,
“हाम्रो लक्ष्य स्थानीय उद्यमी, कलाकार र सिर्जनाकर्मीलाई एकै ठाउँमा जोड्ने हो। धेरैले बनाउने तर देखाउने मौका नपाउने हुनाले, हामीले ‘हामी प्लेटफर्म दिन्छौँ, तपाईं आफ्नो उत्साह र सिर्जना लिएर आउनुहोस्’ भन्ने भावना बोकेर यो मेला गर्दैछौँ।”

उनले मेलामा सहभागीहरूले आफ्नो काम हजारौँ दर्शकमाझ पुर्‍याउन सक्ने तथा नयाँ ग्राहक, सम्भावना र सहकार्यका अवसर पाउन सक्ने उल्लेख गरिन्।

स्टल बुकिङका इच्छुकले डाइरेक्ट मेसेज (DM) मार्फत आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन्।