बुढानिलकण्ठमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पदका उम्मेदवार चिरञ्जीवी पाण्डेको उम्मेदवारी घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुढानिलकण्ठ नगर समितिको सभापति पदका लागि चिरञ्जीवी पाण्डेले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। “समृद्ध बुढानिलकण्ठ मेरो प्रतिबद्धता” भन्ने नारासहित उहाँले भ्रष्टाचारमुक्त प्रशासन, जवाफदेही नेतृत्व र दिगो विकासका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पाण्डेले एकताबद्ध तथा मजबुत संगठन निर्माण गर्दै नगरलाई समृद्ध बनाउने लक्ष्यका साथ आफू उम्मेदवार बनेको बताउनुभयो। उहाँका अनुसार पारदर्शिता, सुशासन र नागरिकको सहभागितामूलक विकास नै बुढानिलकण्ठको प्राथमिक आवश्यकता हो।
कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्र संगठन सुदृढीकरण गर्नुका साथै नगरस्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। रास्वपाले अघि सारेको नयाँ राजनीतिक संस्कारलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उहाँको भनाइ छ।
















प्रतिक्रिया दिनुहोस्