काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियानका क्रममा बालेन शाह बिहीबार बिहान बझाङ पुगेका छन्। पूर्व काठमाडौँ महानगरपालिका मेयरसमेत रहेका बालेन अहिले देश दौडाहामा सक्रिय छन्। कुनै औपचारिक कार्यक्रमभन्दा बढी जनतासँग प्रत्यक्ष भेटघाट र संवादमा केन्द्रित उनको उपस्थितिले बझाङमा छुट्टै माहोल सिर्जना गरेको देखिएको छ।
बालेनलाई देख्नेबित्तिकै युवादेखि वृद्धसम्मको भीड जम्मा भएको देखिन्छ। सामाजिक सञ्जालमा समेत उनको उपस्थितिलाई लिएर चर्चा चुलिएको छ। पछिल्लो समय रास्वपा अध्यक्ष रवि लामिछानेभन्दा पनि बालेनप्रतिको आकर्षण बढ्दो देखिएको विश्लेषण हुन थालेको छ। स्पष्ट बोली, फरक राजनीतिक शैली र ‘नो कम्प्रमाइज’ छविका कारण उनीप्रति जनसमर्थन बलियो बन्दै गएको छ।
स्थानीय स्तरमा समेत “देशले बालेनलाई माया बनाइसकेको छ” भन्ने प्रतिक्रिया सुनिन थालेको छ। चुनाव नजिकिँदै जाँदा बालेन शाहको सक्रियताले रास्वपाको अभियानलाई थप ऊर्जा दिएको छ भने पूर्वदेखि पश्चिमसम्म उनको क्रेज फैलिँदै गएको संकेत बझाङको दृश्यले प्रस्ट पारेको छ।
















प्रतिक्रिया दिनुहोस्