काठमाडौँ – काठमाडौंको बुढानिलकण्ठ–११ पैयाटारमा मनश्रम केसी स्मृति तेक्वान्दो समाजद्वारा आयोजित निःशुल्क तेक्वान्दो एवं ध्यान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा तेक्वान्दो प्रदर्शनसँगै “नेपालमा निःशुल्क तेक्वान्दो एवं ध्यान कार्यक्रम : अवसर या चुनौती” विषयमा वादविवाद प्रतियोगिता पनि आयोजना गरिएको थियो।
वादविवाद प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत देवान राई प्रथम भएका छन्। प्रथम स्थान हासिल गरेका राईलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै, द्वितीय स्थान हासिल गर्ने सहभागीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ भने तृतीय स्थान प्राप्त गर्ने सहभागीलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व तेक्वान्दो प्रमुख प्रशिक्षक तथा नेपाल तेक्वान्दो संघका वरिष्ठ प्रशिक्षक धुर्व बहादुर गुरुङ रहेका थिए। यस्तै, विशेष अतिथिका रूपमा राजनीतिज्ञ तथा समाजसेवी रवि अधिकारीको उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय प्रशिक्षक तथा ध्यान निर्देशक ओशो महेश केसीको मार्गदर्शनमा आयोजित कार्यक्रमले बालबालिका तथा युवामा अनुशासन, शारीरिक तन्दुरुस्ती र मानसिक सन्तुलन विकासमा टेवा पुग्ने आयोजकको विश्वास रहेको छ।
















प्रतिक्रिया दिनुहोस्