काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–९ नं. वडा कार्यालयको आयोजनामा अन्तरविद्यालय विविध खेलकुद प्रतियोगिता सुरु भएको छ। वडाभित्रका ९ वटा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागितासहित प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगिताको उद्घाटन अवसरमा वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीमा अनुशासन, स्वास्थ्य र आपसी सहकार्यको भावना विकास हुने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम सञ्चालन वडा सदस्य रमेश गौतमले गर्नुभएको थियो। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
कार्यक्रममा अन्य जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
















प्रतिक्रिया दिनुहोस्