Logo

मेघनाथ पहाडी

२७ माघ २०८२, मंगलबार

तामाकोसी बस दुर्घटना: १२ मध्ये ९ मृतक र ८ घाइतेको पहिचान


काठमाडौं । रामेछापस्थित तामाकोसी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये हालसम्म ९ जनाको पहिचान खुलेको छ। दुर्घटनामा घाइते भएका ८ जनाको भने पूर्ण विवरण सार्वजनिक गरिएको रामेछाप प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा मन्थली नगरपालिका–१२ की ३३ वर्षीया देवकी खड्का, मन्थली–११ का ३१ वर्षीय सुशान्त थापा मगर, उमाकुण्ड गाउँपालिका–७ का ५२ वर्षीय सोम देण्डी शेर्पा र ६ वर्षीया निष्मा शेर्पा रहेका छन्।

त्यसैगरी लिखुतामाकोसी गाउँपालिका–४ का ५१ वर्षीय ओलकबहादुर थापा, खाँडादेवी गाउँपालिका–३ का २१ वर्षीय समिर श्रेष्ठ, दोलखाको भिमेश्वर नगरपालिका–७ की १६ वर्षीया निलिमा तामाङ तथा ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका–२ का ४५ वर्षीय जयबहादुर तामाङ पनि घाइते भएका छन्।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। एक जनाको काठमाडौँमा र अर्का एक जनाको मन्थली अस्पतालमै उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्।