काठमाडौं । प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाब प्रचार गर्ने गाडीले ठक्कर दिँदा चार जना घाइते भएका छन्। गाडीले एउटा मोटरसाइकल र एउटा स्कुटरलाई ठक्कर दिएको हो । दुवै दुईपाङ्ग्रेमा २-२ जना सवार थिए ।
मोटरसाइकल चालक प्युठान नगरपालिका-५ जुम्रीकाँडाका २० वर्षीय जीवन बिश्वकर्मा र मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का साथै स्कुटर चालक लमही नगरपालिका-६ देउपुर दाङ बस्ने वर्ष २६ का दीपक पोख्रेल र उनकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी घाइते भएका छन्।
लु १ च ७७६९ नम्बरको पिकअप जीपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। प्यूठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।












प्रतिक्रिया दिनुहोस्