Logo

बागमती पेज

१८ फाल्गुन २०८२, सोमबार

प्रमोद ज्ञवाली भन्छन् – रंगसँगै फैलियोस् प्रेम र सद्भाव होलीको शुभकामना


होली विशेष शुभकामना : प्रमोद ज्ञवाली 🌸🎨
काठमाडौं । रंगहरूको महान पर्व होलीको अवसरमा चार्टर्ड अकाउन्टेन्ट तथा द आर्ट अफ लिभिङ का प्रशिक्षक प्रमोद ज्ञवालीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले होली पर्वले जीवनमा सकारात्मक ऊर्जा, प्रेम, सद्भाव र आपसी एकताको सन्देश दिने उल्लेख गर्दै समाजमा शान्ति र भाइचाराको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
The द आर्ट अफ लिभिङ सँग आवद्ध प्रशिक्षकका रूपमा उहाँले मानिसको जीवनमा तनावमुक्त, आनन्दित र सचेत जीवनशैलीको आवश्यकता औंल्याउँदै भन्नुभयो —
“रंगहरूको यो पर्वले बाहिरी रंग मात्र होइन, हाम्रो मनभित्र पनि खुशी, करुणा र सकारात्मकताको रंग भरियोस्। सबैले सुरक्षित, मर्यादित र सभ्य तरिकाले होली मनाऔं।”
उहाँले होलीको अवसरमा आपसी मनमुटाव भुलेर नयाँ सुरुवात गर्न सबैलाई आग्रह गर्नुभएको छ।