काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नं २ ले नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गर्ने भएको छ ।
विभिन्न चार्डपर्व नजिकिएसँगै वडावासीको स्वास्थ्यलाई ध्यानमा राख्दै यस किसिमको शिविर संचालन गर्न लागेको वडाध्यक्ष राजेन्द्र श्रेष्ठले बताएका छन् । वडा नं २ स्थित बदेलीमा उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।
शिविरमा जेनेरल फिजिसियन, आँखा, बालरोग, नाक, कान, घाटि, दन्त सेवा, स्त्रीरोग लागायत अन्यसेवाहरु दिईने समेत अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
वडावासीलाई यस कार्यक्रममा उपस्थित हुन समेत वडाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्