Logo

बागमती पेज

चैत्र २४, २०७९ शुक्रबार

पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (जिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएका छन् ।

मन्त्रिपरिषद्ले मृतक लिम्बूको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले नामकरण सम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।