काठमाडौँ । नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ । बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सेनाले देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी सैन्य माग गरेको छ ।
माग गरिएको मध्ये सैन्य परिवार २२५, खुल्ला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना रहेका छन् । यीमध्ये सबैभन्दा धेरै सुर्खेत, कास्कीमा ३५०-३५० र उदयपुरमा ३०० जना सैन्य माग गरेको छ ।
इच्छुकले अनलाइनमार्फत् फारम भर्न सक्ने व्यवस्था गरेको भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ । फारम जेठ १४ गतेसम्म अन्तिम समय तोकिएको छ । उम्मेदवारका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने नेपाली सेनाले सूचना मार्फत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्