Logo

बागमती पेज

बैशाख १४, २०८० बिहीबार

चट्याङ लागेर छोराको मृत्यु, आमा-बुवा घाइते


काठमाडौं । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ ।

गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको प्रहरीले बताएको छ ।