काठमाडौं । कपनको व्यस्त बजारमा निरा पाण्डेको दिउँसै भएको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका झापाका विनोद विकलाई प्रहरीले आज काठमाडौं ल्याउँदै छ।
काठमाडौंको एक क्लबमा बाउन्सर रहेका उनले लुटपाटको लागि पाण्डेको हत्या गरेको प्रहरीको आशंका छ।
गत वैशाख ७ गते दिउँसो ३ बजे भएको घटनाको प्रकृति हेर्दा रिसको झोकमा अन्धाधुन्ध छुरी हानेर पाण्डेको हत्या गरिएको प्रहरीको निष्कर्ष छ।
उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं अनि प्रहरी वृत्त बौद्ध घटनाको अनुसन्धानमा छ।
सरस्वतीनगरमा रहेको भाँडा पसलमा हत्या गरिएपछि सिक्री र पर्स लगेको दाबी समेत आएका छन्। यसले लुटपाटका लागि हत्या भएको हो कि भन्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया दिनुहोस्