काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब एक अर्ब रकम गठी गर्ने गिरोहमा राजनीतिक तथा प्रशासनिक ‘हाई प्रोफाइल’का नेतृत्व धमाधम कानुनी फन्दामा परेका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं ठगी गर्ने गिरोहमा पूर्वमन्त्री टोप बहादुर रायमाझी सहित ९ जना प्रहरीको फन्दामा परिसकेका हुन् । यो प्रकरणमा एक पछि अर्को गर्दै धैरै जना ‘हाई प्रोफाइल’का मानिसहरुको संलग्नता रहेको खुलेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा ‘हाई प्रोफाइलका हालसम्म ९ जना प्रहरीको नियन्त्रणमा परिसकेका छन् । अझै पक्राउ पूर्जी जारी भइसकेपनि कतिपय पक्राउ पर्न सकेका छैनन् ।
यो घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई मंगलबार र गृह मन्त्रालय हुँदै हाल उपराष्ट्रपति कार्यालयमा पुगेका सरकारका सचिव टेकनारायण पाण्डे हिजो बुधबार पक्राउ परेका छन् । नेकपा एमालेकमा सचिव एवम् तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी आज विहान पक्राउ परेका छन् । उनका छोरा सन्दीपलाई हिजो साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको थियो ।
नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो । प्रहरीले आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ ।
ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थप भएको छ । सोही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ । पक्राउ पुर्जी जारी भइसकेपनि उनीहरू हाल फरार छन् ।
प्रतिक्रिया दिनुहोस्