काठमाडौँ । भृकृटीमण्डमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले रोकेको छ । प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रहरीले शैक्षिक मेला रोकेको हो ।
आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने मेयर बालेन साहका स्वकीय सचिव भूपदेव साहले जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति लिने क्रममा स्थानीय तहसँग पनि सहमति लिनु भनेको थियो । तर, अनुगमनको क्रममा काठमाडौँ महानगरपालिकासँग सहमति नलिएको उनको भनाई छ ।
त्यस्तै कक्षा १० र १२ को नतिजा सार्वजनिक नभई अग्रिम भर्ना लिन नपाउने कानुनी व्यवस्था छ । तर, शैक्षिक मेलामा विद्यार्थीहरूलाई अग्रिम रसिद दिएर पछि भर्ना खुलेको छुट पाउने भन्दै दिने गरेको पाइएकोले मेलालाई रोक लगाइएको उनको भनाई छ ।
उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूका लागि हिसानले एडुफेयर (शैक्षिक मेला) को आयोजना गरेको थियो । उक्त मेलाको सभामुख देवराज घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्