काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ ।
विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले बताए ।
घरमा जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक बस्दै आएका थिए । राजस्वको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ ।
साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’मा संलग्न आरोपमा जिक्वाङ लिन यसअघि नै पक्राउ परेका छन् । तस्करीमा संलग्न अराोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।
प्रतिक्रिया दिनुहोस्